नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई दिने लाभांश घट्यो, ४८.५ प्रतिशत मात्र पाउने

कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत अर्थात १ करोड ९ लाख ९२ हजार ३२१ कित्ता बोनस सेयर र २३.५ प्रतिशत अर्थात १ अर्ब ३ करोड ३२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई दिने लाभांश घटेको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७१ प्रतिशत लाभांश दिएको थियो । झण्डै २३ प्रतिशत लाभांश घटेको हो ।

कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समिति बैठकले २५ प्रतिशत अर्थात १ करोड ९ लाख ९२ हजार ३२१ कित्ता बोनस सेयर र २३.५ प्रतिशत अर्थात १ अर्ब ३ करोड ३२ लाख ७८ हजार रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको हो । बिमा समिती र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

सेयर बजार घटेपछि यसमा भएको लगानी प्रोभिजन (व्यवस्थापन) गर्दा यसको असर नाफामा परेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक झा बताउछन् । गत वर्षसम्म ३० करोड रुपैयाँ प्रोभिजन गरेको उनले जानकारी दिए ।