फेवातालमा झर्यो  प्याराग्लाडिङ, पाइलट गम्भिर घाइते

प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो।

पोखरा । पर्यटकीय नगरी पोखराको फेवातालमा प्याराग्लाडिङ झरेको छ । साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा खसेको प्रहरीले जनाएको ।

प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो। प्याराग्लाडिङबाट झरेर एक पाइलट घाइते भएका छन् । घाईते भएका प्यारा पाईलटलाई मेट्रोसिटी अस्पताल पोखरामा ल्याईएको छ । उनको अवस्था गम्भीर रहेको बताईएको छ ।

घाईतेको पहिचान हुँन बाँकी रहेको बताईएको छ ।बाराही घाटमा अवस्थित मोटर बोट सहितको उद्धार टोलीले प्याराग्लाडिङको उद्धार गरेको हो ।