फेवातालमा झरेको प्याराग्लाइडिङका विदेशी पाइलटको मृत्यु

आइतबार विहान ४० वर्षीय केजी साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा झरेको थियो ।

पोखरा । फेवातालमा झरेको प्याराग्लाइडिङका पाइलट रोमानियाका नागरिक इडिई केजीको मृत्यु भएको छ।

आइतबार विहान ४० वर्षीय केजी साराङकोटबाट उडेको प्याराग्लाइडिङ ल्यान्डिङ गर्न नसकेर फेवातालमा झरेको थियो । गम्भिर घाइते अवस्थामा उद्धार गरी अस्पतालमा उपचारको लागि लगिएको थियो ।
प्याराग्लाइडिङ ११ बजेर १७ मिनेटमा तालको मध्य भागमा खसेको हो।बाराही घाटमा अवस्थित मोटर बोट सहितको उद्धार टोलीले प्याराग्लाडिङको उद्धार गरेको हो ।