टेकुघाटमा पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्त्येष्टि

बौद्धधर्मको संस्कारअनुसार लामाले आइतबार मात्र अन्त्येष्टिको साइत दिएपछि शवलाई बालुवाटारस्थित निजी निवासमा राखिएको थियो । नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी शेर्पाको धार्मिक परम्पराअनुसार टेकु घाटमा उनको अन्तिम संस्कार गरिएको हो ।

काठमाडौं । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको अन्त्येष्टि गरिएको छ । गत बुधबार ताप्लेजुङमा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा उनको निधन भएको थियो ।

बौद्धधर्मको संस्कारअनुसार लामाले आइतबार मात्र अन्त्येष्टिको साइत दिएपछि शवलाई बालुवाटारस्थित निजी निवासमा राखिएको थियो । नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी शेर्पाको धार्मिक परम्पराअनुसार टेकुघाटमा उनको अन्तिम संस्कार गरिएको हो ।

उनीसँगै ज्यान गुमाएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको शुक्रबार नै अन्तिम दाहसंस्कार गरिसकिएको छ ।