आज उपत्यकामा यी बाटोमा गाडी चलाउन नपाइने, यस्तो छ वैकल्पिक रुट

आज सोमबार महाशिवरात्रिका दिन काठमाडौंको पशुपति मन्दिर आसपास गौशाला, मित्रपार्क क्षेत्रको बाटो प्रयोग नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

शिवरात्रिका दिन पशुपति मन्दिर आसपासमा भक्तजनको अत्याधिक भीड हुने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक विज्ञप्ति निकालेर वैकल्पिक सडकसमेत जानकारी गराएको छ।

सोमबार बिहानैदेखि चाबहिल, पुरानो वानेश्वर, ज्ञानेश्वर मैतीदेवी मोड, तिलगंगा, गौरीघाटलगायतका क्षेत्रबाट गौशालातर्फको बाटोमा सवारी साधन चलाउन निषेध गरिएको हो।

हेर्नुहोस्, निषेधित बाटो र वैकल्पिक रूटहरू: