४४ कम्पनीको ११ अर्ब ७७ करोड बराबरको बोनस सेयर दर्ता, कसको कति (सूचिसहित)

रकमका आधारमा सबैभन्दा बढी बोनस सेयर दिनेमा हिमालयन बैंक छ । बैंकले सेयरधनीलाई २५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर दिएको छ । सबैभन्दा कम बोनस सेयर सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले दिएको छ । सूर्योदयका ७५ लाख रुपैयाँका बोनस सेयर सूचीकृत भएको बोर्डले जनाएको छ ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेड मा सचिकृत मध्ये हाल सम्म विभिन्न क्षेत्रका गरी ४४ कम्पनीको बोनस सेयर दर्ता भएको छ । ४४ कम्पनीको ११ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बराबरको १२ करोड ३७ लाख १२ हजार कित्ता बोनस सेयर नेपाल धितोपत्र बोर्डमा दर्ता भएको छ ।

बोनस सेयर नेप्सेमा सुचिकृत भई कारोबार सुरु भइसकेको छ । कम्पनीले गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका हुन । बोनस सेयर दिनेमा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी जलविद्युत र होटल रहेका छन । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीले चुत्तापुँजी बढाउन सेयरधनीलाई बोनस सेयर दिएका हुन् । यस्तै जलविद्युत र होटलले पनि पुँजी बढाउनका लागि बोनस सेयर दिएका हुन् ।

बोनस सेयरको सूचि हेर्न यहाँ क्लिक गर्नुहोस

अधिकाँश बैंक तथा वित्तीय संस्थाले न्युनतम चुत्तापुँजी पुरा गरेकाले आगामी वर्षदेखि सेयरधनीले नगद लाभांश पाउने संभावना छ । रकमका आधारमा सबैभन्दा बढी बोनस सेयर दिनेमा हिमालयन बैंक छ । बैंकले सेयरधनीलाई २५ प्रतिशत अर्थात १ अर्ब ६२ करोड २९ लाख रुपैयाँ बराबरको १ करोड ६२ लाख २९ हजार कित्ता बोनस सेयर दिएको छ । सबैभन्दा कम बोनस सेयर सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले दिएको छ । सूर्योदयका ७५ लाख रुपैयाँका बोनस सेयर सूचीकृत भएको बोर्डले जनाएको छ ।

प्रतिशतका हिसावमा सबैभन्दा बढी बोनस सेयर दिनेमा श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेड रहेको छ । श्री इन्भेष्टमेन्टले सेयरधनीलाई २६.५७ प्रतिशत अर्थात १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर दिएको छ । सबैभन्दा कम बोनस सेयर दिनेमा हाम्रो विकास बैंक रहेको छ । हाम्रो विकासले २.४ प्रतिशत मात्र बोनस सेयर दिएको बोडले जनाएको छ ।

 

यस्तै एनएमबी बैकको १ अर्ब १४ करोड रुपैयाँ बराबरका १ करोड १४ लाख कित्ता, मेगा बैकको ९९ करोड ६६ लाख रुपैयाँ बराबरका ९९ लाख ६६ हजार कित्ता, सिद्धार्थ बैंकको ९५ करोड ५६ लाख रुपैयाँ बराबरका ९५ लाख ५६ हजार कित्ता, बैंक अफ काठमाण्डूको ८२ करोड ७५ लाख रुपैयाँ बराबरका ८२ लाख ७५ लाख कित्ता र सेन्चुरी कमर्सियल बैंकको ३८ करोड ३९ लाख रुपैयाँ बराबरका ३८ लाख ३९ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।

यसैगरी कालिका लघुवित्त वित्तीय संस्थाको २१.२१ प्रतिशत, गण्डकी विकास बैंकको १९.३१, युनाइटेड फाइनान्सको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएका छन् । समिट लघुवित्त वित्तीय संस्थाको १७, कामना सेवा विकास बैङ्कको १७, एनएमबी बैकको १५ तथा ओरियन्टल होटलको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएका छन ।

यस्तै महालक्ष्मी विकास बैंक, नागरिक लगानी कोष, पोखरा फाइनान्स, एनआइसी एसिया बैंक, रिडि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सानिमामाई हाइड्रोपावर लिमिटेड, गरिमा विकास बैंक, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड लगायत ४४ कम्पनी छन् ।