प्यारासुटबाट खसेर एक सैनिक घाईते

काठमाडौं। सेना दिवसको अवसरमा काठमाडौंको टुँडिखेलमा सोमबार भएको प्यारासुट प्रर्दशनीमा प्यारासुटबाट खसेर एक सेनाका जवान घाईते भएका छन्।

सेनाले आयोजना गरेको प्रदर्शनी कार्याक्रममा आफ्नो प्रतिभा देखाउने क्रममा प्यारासुटबाट खसेर विषेश फौजका पूर्णबहादुर घिमिरे घाईते भएका हुन् ।

प्यारासुटबाट झर्ने क्रममा घाइते भएको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले बताए।

उनको वीर अस्पताल उपचार भइरहेको र उनी खतरामुक्त रहेको प्रवक्ता ढकालले बताए। नेपाली सेनाले सोमबार मुलुकभर ‘सेना दिवस’ मनाइरहेको छ ।

सेनाले सैनिक मञ्च टुँडिखेलमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजीलगायत विविध कार्यक्रम गरी दिवस मनाएको हो।