महाशिवरात्रीः डेढ लाखले दर्शन गरे, ४५ हजार लाईनमा (तस्बिरहरू)

काठमाडौं ।  १ लाख ४५ जना भक्तजनहरुले महाशिवरात्रीको अवसरमा पशुपतिनाथको दर्शन गरेका छन्।

महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेस थापा क्षेत्रिका अनुसार १ बिहान देखि अहिलेसम्म १ लाख ४५ जनाले दर्शन गरेर फर्किएको र ४५ करिब हजार भक्तजन दर्शनका लागि लाईनमा बसेका छन् ।

पशुपति दर्शनका लागि बिहानै देखि ४ वटै ढोका खुला गरिएको छ । गएको वर्ष भन्दा यो बर्ष कम भत्तालुहरु आएको अनुमान गरिएको छ । गएको वर्ष यो समयसम्म २ लाख बढीले दर्शन गरेका थिए । भने देखिभरी गरी करिव ३ लाख बढीदे दर्शन गरेका थिए । हेर्नुहोस् पशुपतिनाथ मन्दिर परिसरमा देखिएको रमाइलो तस्बिरमा