पशुपतिमा गाँजा बेच्ने र पाकेटमारी गर्ने ८ जना पक्राउ

काठमाडौं । शिवरात्री पर्वको बाहानामा पशुपति क्षेत्रमा अवैध गाँजाको ब्यापार गर्ने तथा विभिन्न शंकासद गतिविधि गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गाँजा बिक्रि तथा मानिसको भीडभाडमा शंकास्पद गतिविधि गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी आयुक्त डीआईजी शैलेस थापा क्षेत्रीले जानकारी दिए।

‘गाँजा बेच्ने र भीडभाडमा पाकेटमारी गर्नेहरुलाई हामीले नियन्त्रणमा लिएका छौं, उनीहरुलाई अनुसधान गरी कानुनी कारवाही गर्ने छौं’, डीआईजी थापा क्षेत्रीले भने।