गत साता १३९० अङ्कमा झरेको सेयर बजार परिसूचक गत साताका अन्तिम २ दिन र यो साताको आइतबार आएको सुधार १४ सयभन्दा माथि गएको थियो । १४ भन्दामाथि नेप्से परिसूचक रहे पनि बढ्ने क्रम भने सोमबार रोकिएको छ । सोमबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको सेयर बजार बन्द हुँदा सम्म कायम रह्यो ।
सेयर बजार परिसूचक १४ सय बिन्दुमा तलमाथि गरिरहँदा सेयर लगानीकर्ता अन्योलमा देखिएका छन् । बजार सूचकले एउटा गति नलिँदा लगानीकर्ता भने किन्ने वा बिक्री गर्ने विषयमा अनिर्णयको बन्दी बनेका हुन् ।
पछिल्लो समयमा सेयर बजार परिसूचक १४ सयको हाराहारीमा सामान्य तलमाथि गरिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले निश्चित गति नलिने र कारोबार रकममा गिरावट आउने क्रम नरोकिएको हुनाले सेयर लगानी बढाउने वा घटाउने निर्णय गर्न जटिल भएको सेयर लगानीकर्ता बद्री पौडेलले बताए । “१४ सय अंकमा तलमाथि गरेको नेप्से सूचक स्थिर देखिए पनि कारोबार रकममा पनि कमी आउँदा निर्णय लिन जटील भएको हो,” पौडेलले भने, ‘धेरै लगानीकर्ता बजार बढ्ने आशामा होल्ड गरेको देखिन्छ, बजार एउटा गति लिए चलायमान हुन्थ्यो ।’
पछिल्लो समयमा बजार घट्दो क्रममा देखिए पनि बजार फकर्ने अर्का लगानीकर्ता शारदा सुवेदीले बताइन् । नेप्सेको गति रोकिएको हुनाले लगानीकर्ता किन्ने वा बिक्री गर्ने अन्योलमा भएको हुनाले कारोबार रकममा कमी आएको उनको तर्क छ । आगामी दिन सेयर बजारमा सुधार आउनुको विकल्प भने नरहेको उनको विश्लेषण छ ।
गत साता १३९० अङ्कमा झरेको सेयर बजार परिसूचक गत साताका अन्तिम २ दिन र यो साताको आइतबार आएको सुधार १४ सयभन्दा माथि गएको थियो । १४ भन्दामाथि नेप्से परिसूचक रहे पनि बढ्ने क्रम भने सोमबार रोकिएको छ । सोमबार कारोबार सुरु भएदेखि घट्दो क्रममा रहेको सेयर बजार बन्द हुँदा सम्म कायम रह्यो ।
पछिल्लो समयमा नेप्सेमा सूचीकृत बैङ्क तथा वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजानिक गरेसँगै लगानीकर्तामा झन् निराशा बढेको छ । सूचीकृत बैङ्क वित्तीय संस्थाले पुँजी वृद्धिको तुलनामा कार्यसम्पादन नगरेको हुनाले लगानीकर्तामा निराशा छाएको हो ।
सेयर बजारमा सुधार आउने क्रम सोमबार रोकिएको छ । आइतबार साढे एक अंकले वढेको नेप्से सूचक २ अंक भन्दा धेरैले घटको छ । नेप्से सूचक संगै कारोबार रकम पनि ३५ करोडवाट घटेर सोमबार २८ करोडमा झरेको छ । गत साताको अन्तिम दिन बिहीबार २८ करोड रुपैयाँ बरावरको सेयर किनबेच भएको नेप्से आइतबार ३५ करोड रुपैयाँ बरावरको कारोबार भएको थिया । तर, सोमबार भने घटेको हो ।
सोमबार कारोबार सुरु हुँदा १४०५.९५ अङ्कमा रहेको नेप्से २.३० अङले घटेर बन्द हुँदा १४०२.२३ अंकमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि समान्य अंकले घटेको छ । सोमबार नेप्सेमा कारोबार भएका अधिकासं कम्पनीहरुको सेयर मूल्य घटेको छ ।
नेप्सेका कारोबार भएका बैंकिङ ४.०४, विकास बैंक ५.७१, बिमा ०.६५, होटल २१.३६, जलविद्युत १५.७८, वित्त ३.७८, लघुवित्त समूह ३.५८ र अन्य समूह ३.०१ अंकले घटेका छन । तर, सोमबार व्यापार समूह मात्र ६.३३ अंकले वढेको छ ।
सोमबार नेप्सेमा १६० कम्पनीको ४ हजार एक सय ३ कारोबारबाट २८ करोड ५५ लाख रुपैयाँ बराबरको ७ लाख १५ हजार ८ सय ५४ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम नेप्सेको औसत देनिक कारोबार भन्दा धेरै कम हो ।