विश्वकपपछि लेग स्पिनर ताहिरले सन्न्यास लिने

दक्षिण अफ्रिकी लेग स्पिनर इमरान ताहिरले आगामी विश्वकपछि एक दिवसीय क्रिकेटबाट सन्यास लिने भएका छन्। आगामी मे ३० देखि इंग्ल्यान्ड र वेस्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपपछि वान डे क्रिकेटबाट सन्न्यास लिने भएका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेटमा भरपुर अनुभव बोकेका ३९ वर्षिय ताहिरले एक दिवसिय विश्वकप पछि सन्न्यास लिने क्रिकेट साउथ अफ्रिकाले जनाएको छ।

सन् २०११ मा वेस्ट इन्डिजविरुद्ध ओडीआई क्रिकेटमा डेब्यू गरेका थिए । ताहिरले हालसम्म ९५ ओडीआई खेलमा कुल १ सय ५६ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रर्दशन ७/४५ छ । यसक्रममा ४.६५ इकोनमीमा रन खर्चिएका छन् ।

ताहिरले टि-२० क्रिकेट भने सन् २०२० को विश्वकप सम्म खेल्ने इच्छा राखेको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उनले फ्रेन्चाइज लिगहरुमा भने निरन्तर खेलिरहने जनाएका छन् ।