एसियन लाइफको प्रतिकित्ता ५४० रुपैयाँमा २ करोड २६ लाख १६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
काठमाडौं । सेयर बजारमा सामान्य वृद्धि भएको छ । मंगलबार बजार घटेर १ हजार ९८ अंकमा आइपुगेको थियो । पछि बढेर १ हजार १०२ अंकमा पुगेको छ । मंगलबार २२ करोड ५२ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । एसियन लाइफको प्रतिकित्ता ५४० रुपैयाँमा २ करोड २६ लाख १६ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।
यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार ५६ रुपैयाँमा १ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
व्यापार बाहेक सबै क्षेत्रको सेयर मूल्य बढेको छ ।
सूर्यौदय लघुवित्त वित्तीय संस्था लिमिटेड र सेन्ट्रल फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् । यस्तै सिन्धु विकास बैंक र घलेम्दी हाइड्रो लिमिेटडका लगानीकर्ताले गुमाएका छन् ।