no-image

काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको कारोबार बुधबारबाट सुरु गर्ने भएको छ । १० प्रतिशत सरकारी लगानी रहेको सो बैंकको २० अर्व रुपैयाँ चुक्ता पुँजी रहेको छ ।

बैंकले २० अर्बमध्ये ४० प्रतिशत सर्वसाधारणलाई शेयर जारि गर्ने योजना सार्वजनिक गरेको छ। २० अर्बको ६० प्रतिशत अर्थात १२ अर्ब रुपैयाँ संस्थापक शेयर हुने छ। बैंकमा कर्मचारी संचय कोष, नागरिक लगानी कोषको समेत शेयर रहनेछ। यस्तै तीन दर्जन उद्योगी तथा व्यवसायी, सरकारी उच्च प्रशासक र नेतृत्वदायी भूमिकामा पुगेका व्यक्तिको संलग्नता छ। बैंकको अवधारणामा नेपालका व्यवसायिक घराना विशाल ग्रुप, लक्की ग्रुप, आईएमई लगायतका समूह आवद्ध भएका छन।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी सोे बैंकल स्वदेशी तथा विदेशी मुद्रामा वित्तीय उपकरण जारी गरि ऋण लिने, डिवेञ्चर जारी गरि स्रोत परिचालन गर्ने, लिजिङ कारोबार गर्ने लगायतका काम गर्ने जनाइएको छ। सो बैंकको औपचारीक उद्धघाटन प्रधानमन्त्री केपि ओलीद्धारा गर्ने तयारी भएको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली रहेका छन् ।