फागुन २६ गते राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाने

काठमाडौं । सयुक्त राष्ट्रसंघको महिला सशक्तिकरण विषेश सभामा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी आगामी फागुन २६ मा अमेरिका जाने भएकी छन्।

राष्ट्रपति भण्डारी ५ दिनका लागि अमेरिका जान लागेकी परराष्ट्र मन्त्रालयले जनाएको छ।

सभामा राष्ट्रपति भण्डारीले फागनु २८ गते सम्बोधन गर्ने कार्यतालिका तय भएको परराष्ट्रले जनाएको छ।

राष्ट्रपति भण्डारीसँगै महिला, बालबालिका मन्त्री थममाया थापा, परराष्ट्र सचिव शंकरदार वैरागी, राष्ट्रपति कार्यालयका परराष्ट्र विज्ञलगायतको टोली अमेरिका जाने तय भएको परराष्ट्रले जनाएको छ।