धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको सो रङ्गशालको साइट अफिस, कम्पाउन्डिङ, गोदामघर निर्माण र निर्माणस्थल वरपरको बाटो विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य सुरु भएको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको सो रङ्गशालको साइट अफिस, कम्पाउन्डिङ, गोदामघर निर्माण र निर्माणस्थल वरपरको बाटो विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।
चितवनको भरतपुरमा निर्माण सुरु भएको सो रङ्गशालाको लागत ३ अर्ब रुपैयाँ छ । हालसम्म ५ करोडभन्दा बढी रकम सङ्कलन भइसकेको र सहयोग आउनेक्रम जारी रहेको फाउन्डेसनले जनाएको छ ।
६ महिनाभित्र सम्पूर्ण पूर्वाधार तयार गरी २ वर्षभित्र काम सम्पन्न गरी महानगरपालिकालाई जिम्मा दिने फाउन्डेसनको तयारी छ ।