सेयर बजारमा हरियाली, एनसीसी बैङ्कको सबैभन्दा बढी कारोबार

बजार बढेपछि बैङ्क, वित्त, जलविद्युत्, उत्पादन, बिमालगायत सबै क्षेत्रमा हरियाली देखिएको छ । बुधबार कुल २२ करोड ४६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

काठमाडौं । सेयर बजार ९ अङ्कले बढेको छ । बुधबार बजार बढेर नेप्से परिसूचक १ हजार ११ अङ्कमा पुगेको छ । बजार बढेपछि बैङ्क, वित्त, जलविद्युत्, उत्पादन, बिमालगायत सबै क्षेत्रमा हरियाली देखिएको छ । बुधबार कुल २२ करोड ४६ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैङ्कको सबैभन्दा बढी कारोबार भएको छ । एनसीसीको प्रतिकित्ता २१२ रुपैयाँमा १ करोड ४६ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै नेपाल बैङ्कको प्रतिकित्ता २८४ रुपैयाँमा १ करोड ३६ लाख ६३ हजार रुपैयाँको सेयर किनबेच भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता १ हजार ७८ रुपैयाँमा कारोबार भएको छ । हाथवे फाइनान्स लिमिटेड र कञ्चन डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले कमाएका छन् । घलेम्दी हाइड्रो र ग्रिन डेभलपमेन्ट बैङ्कका लगानीकर्ताले गुमाएका छन् ।