राष्ट्रिय जनता पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
राष्ट्रिय जनता पार्टी, नेपालको बुधबार अपरान्ह काठमाडौंमा बसेको पार्टी अध्यक्ष मण्डलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।
पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलापछि सरकारमा नबस्ने निर्णय लिइएको पार्टीका नेता राजेन्द्र महतोले जानकारी दिए।
बैठकले पार्टीका सांसद चौधरीलाई जन्मकैदको सजाय दिने जिल्ला अदालत कैलालीको फैसलाले पार्टीलाई स्तब्ध र मर्माहत बनाएको निष्कर्ष निकाल्दै त्यस विरुद्ध आन्दोलनमा आउन पनि सबै विचार मिल्ने अधिकारबादी एवम् पहिचानबादी पार्टी, संगठन र समूहलाई आह्वान पनि गरेको छ।
एक वर्ष बित्दा पनि आफूहरुसँग गरिएको सहमति अनुसार संविधान संशोधन समेत नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिनु परेको पार्टीद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ।