सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ ।
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुँजी बढाएर ४ अर्ब रुपैयाँ पुर्याउने भएको छ । कम्पनीले पुँजी बढाउनका लागि आउँदो चैत १५ गते हुने ३१ औं वार्षिक साधारणसभामा विशेष प्रस्ताव लैजाने भएको छ ।
भविष्यको अवाश्यकतालाई मध्यनजर गर्दै पुँजी वृद्धिको प्रस्ताव गर्न लागिएको कम्पनीले जनाएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १३.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने छ । बिमा समितिले जीवन बीमा कम्पनीको चुत्तापुँजी २ अर्ब र निर्जीवनको १ अर्ब रुपैयाँ तोकेको छ ।