उत्पादन बाहेक बैंक तथा वित्त, जलविद्युत, बिमाको सेयर मूल्य बढेको छ । बिहीबार २९ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।
काठमाडौं । साताको अन्तिम दिन सेयर बजार दोहोर अंकले बढको छ । बिहीबार सेयर बजार १६ अंकले बढेर नेप्से परिसुचक १ हजार १२८ अंक नजिक पुगेको छ । बुधबार ९.१२ अंकले बढेको थियो । दुई दिनमा सेयर बजार २६ अंकले बढेको छ । यसबाट बजारमा सुधारको संकेत देखिएको छ ।
उत्पादन बाहेक बैंक तथा वित्त, जलविद्युत, बिमाको सेयर मूल्य बढेको छ । बिहीबार २९ करोड ३९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ ।
नेपाल लाइफको प्रतिकित्ता १ हजार ११० रुपैयाँमा १ करोड ९९ लाख २७ हजार रुपैयाँमा किनबेच भएको छ । नेपाल लाइफले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४८ प्रतिशत सेयर दिने प्रस्ताव गरेपछि उसको सेयर मूल्य निरन्तर उकालो लागेको छ ।
यस्तै नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको प्रतिकित्ता २१० रुपैयाँमा १ करोड २८ लाख २८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको २३० रुपैयाँमा १ करोड ७ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको हो ।
पछिल्लो समयमा लगातार घट्दै गएकोमा दुई दिनको वृद्धिले लगानीकर्तालाई राहात दिएको छ । सेयर बजार बढ्दा पुर्णिमा विकास बैंक र राधी विद्युत कम्पनी लिमिटेडका लगानीकर्ताले कमाएका छन् । घलेम्दी हाइड्रो लिमिटेड र सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।