सौर्य एयरलाइन्सका बजार व्यवस्थापन प्रमुख मुकेश खनालले शुक्रबारबाट नियमित उडान भएको बताए । शुक्रबार बिहान ९.१५मा काठमाडौं–भैरहवा र काठमाडौं–बिराटनगरका लागि उडान गरिसकेको जानकारी दिए ।
काठमाडौं । गम्भीर आर्थिक सङ्कटमा परेर उडान बन्द भएको सौर्य एयरलाइन्सले ४ महिनापछि नियमित उडान सुरु गरेको छ । भारतीय कम्पनी कुबेर ग्रुपले खरिद गरेपछि सौर्यले शुक्रबारबाट नियमित उडान सुरु गरेको हो ।
सौर्य एयरलाइन्सका बजार व्यवस्थापन प्रमुख मुकेश खनालले शुक्रबारबाट नियमित उडान भएको बताए । शुक्रबार बिहान ९.१५मा काठमाडौं–भैरहवा र काठमाडौं–बिराटनगरका लागि उडान गरिसकेको जानकारी दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सेवा शुल्कबापतको करिब ४ करोड रुपैयाँ नतिरेको भन्दै ग्राउन्डेड गरेको थियो । नयाँ व्यवस्थापन आएसँगै गएको मङ्गलबार पहिलो किस्ताबापत ५० लाख रुपैयाँ तिरेको सौर्यले १ महिनाभित्र सबै रकम तिरिसक्ने जनाएको छ ।
आर्थिक सङ्कटमा परेको सौर्य केही साताअघि मात्र भारतीय लगानीकर्ता कुबेर ग्रुपले ६२ करोड रुपैयाँमा खरिद गरेको थियो । कुबेरले ४९ प्रतिशत भारतीय तथा ५१ प्रतिशत नेपाली आफन्तहरुका नाममा खरिद गरेको जनाएको छ ।
हाल दुई ओटा बम्बार्डिएर जहाजमार्फत बिराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ