जलविद्युत कम्पनीहरुले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीको आवेदनको अध्ययन गरिरहेको बोर्डले जानकारी दिएको छ । जलविद्युत आयोजनामा लगानी जुटाउन कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् । कम्पनीले आयोजना निर्माण गरिहेका छन् ।
काठमाडौं । विभिन्न ९ ओटा जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले २ अर्ब ८७ करोड ३० लाख २ हजार रुपैयाँ बराबरको २ करोड ८७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
जलविद्युत कम्पनीहरुले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीको आवेदनको अध्ययन गरिरहेको बोर्डले जानकारी दिएको छ । जलविद्युत आयोजनामा लगानी जुटाउन कम्पनीले आईपीओ निष्कासन गर्न लागेका हुन् । कम्पनीले आयोजना निर्माण गरिहेका छन् ।
आवेदन दिने मध्ये सबैभन्दा बढी आईपीओ रसुवागढी हाइडोपावर कम्पनी लिमिटेडले ल्याउन लागेको हो । रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ६३ हजार कित्ता र सबैभन्दा कम गज्र्याङ्ग उपत्यका हाइड्रोपार लिमिटेडले २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले १११ मेगावाट क्षमताको रसुवागढी जलद्यिुत आयोजना निर्माण गरिरहेको छ । कम्पनी हेर्न यहाँ क्लिक गर्नुहोस
यस्तै हिमाल दोलखा हाइड्रोपावर लिमिटेडले ७८ करोड करोड रुपैयाँ बराबरको ७८ लाख कित्ता, सान्जेन जलविद्युत कम्पनी लिमिटेले ५४ करोड ७५ लाख रुपैयाँ बराबरको ५४ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । साञ्जेनले रसुवामा ५८ मेगावाट क्षमताका २ ओटा आयोजना बनाइरहेको छ ।
सीईडीबी हाइडो फण्ड लिमिटेडले २२ करोड ८९ लाख ३० हजार रुपैयाँ बराबरको २२ लाख ८९ हजार कित्ता ल्याउन लागेको हो । सीईडीबी जलविद्युतमा लगानी जुटाउन स्थापना भएको कम्पनी हो । लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले ९ करोड ७८ लाख रुपैयाँ बराबरको ९ लाख ७८ हजार कित्ता,रुरु जलविद्युत परियोजना लिमिटेडले ४ करोड ७० हजार ७०० रुपैयाँ बराबरको ३ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
यस्तै शुभम पावर लिमिटेडले ५ करोड ८० लाख ५८ हजार रुपैयाँ बराबरको ५ लाख ८० हजार ५८० कित्ता र मैलुङ्गखोला जलविद्युत कम्पनी लिमिटेडले ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको ७ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् ।
धितोपत्र बोर्डले वित्तीय अवस्था राम्रो भएका कम्पनीलाई मात्र आईपीओ निष्कासन गर्न अनुमाति दिने गरेको छ । आवेदन दिएकाको न्युनतम ग्रेड ४ रेटिङ्ग प्रमाणपत्र नपाउने कम्पनीले आईपीओ निष्कासन गर्न नपाउने व्यवस्था गरेको छ । चालु आर्थिक वर्ष सुरु भएयता विभिन्न १५ कम्पनी ४ अर्ब ३० करोड ७८ लाख रुपैयाँको आईपीओ निष्कासन गरेका छन् ।