सप्तकोसी डेभलपमेन्ट बैंक र सेन्ट्रल फाइनान्सको बोनस सेयर नेप्सेमा सुचिकृत

सप्तकोसी डेभलपमेन्ट बैक र सेन्ट्रल फाइनान्स लिमिटेडको गरी ८ लाख १६ हजार ३९९ कित्ता सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।

काठमाडौं । दुई बैंक तथा वित्तीय संस्थाको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचिकृत भएको छ । सप्तकोसी डेभलपमेन्ट बैक र सेन्ट्रल फाइनान्स लिमिटेडको गरी ८ लाख १६ हजार ३९९ कित्ता सेयर कारोबारका लागि सुचिकृत भएको नेप्सेले जनाएको छ ।

सप्तकोसी डेभलपमेन्ट बैंकको १ लाख ५२ हजार ५८३ कित्ता र सेन्ट्रल फाइनान्सको ६ लाख ६३ हजार ८४६ कित्ता बोनस सेयर सुचिकृत भएको हो । दुबै संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका हुन् । चुत्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले सेयरधनीलाई बोनस सेयर दिदै आएका छन् ।