उनले बैंकले आफ्ना शेयर धनीहरुलाई उच्च दरको प्रतिफल उपलब्ध गराईरहेकाले सम्पत्ति बढेको जानकारी दिए । एभरेष्टमा भारतको पञ्जाव नेसनल बैंकको स्वामित्व रहेको छ ।
काठमाडौं । एभरेष्ट बैंकमा लगानी गर्ने सेयरधनीको सम्पत्ति २५ गुणा बढेको छ । साधारण सेयर र हकप्रद सेयरमा गरी १३ हजार ५०० रुपैयाँ लगानी गर्ने सेयरधनीको सम्पत्ति बढेर अहिले ३ लाख ४५ हजार ८०० रुपैयाँ पुगेको बैकका अध्यक्ष बीके श्रेष्ठले जानकारी दिए ।
उनले बैंकले आफ्ना शेयर धनीहरुलाई उच्च दरको प्रतिफल उपलब्ध गराईरहेकाले सम्पत्ति बढेको जानकारी दिए । एभरेष्टमा भारतको पञ्जाव नेसनल बैंकको स्वामित्व रहेको छ ।

Note – After deduction of initial investment of Rs.13500 net benefit becomes Rs.327,209.
एभरेष्ट बैंकको एटिएम कार्डबाट भारतको पञ्जाव नेसनल बैंकका सबै ए्टिएम.मार्फत रकम भुक्तानी लिन सकिन्छ भने पञ्जाव नेसनलका एटिएम कार्ड बहाकहरुले एभरेष्टका सबै एटिएम मेशिन मार्फत रकम भुक्तानी लिन सक्नेछन् ।
एभरेष्ट बैंकले २५ वर्षअघि स्थापना हुँदा पञ्जाव नेसनल बैंकसंग संयुक्त लगानीकर्ता साझेदारको रुपमा हात बढाएको थियो ।
हाल एभरेष्ट बैंकले आफ्ना ९२ शाखाहरु मार्फत आफ्ना ग्राहकहरलाई बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । एभरेष्टका ग्राहकहरुको संख्या १० लाख नाघिसकेको छ ।
बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा पुर्याउन १० वटा दुर्गम स्थानहरुमा शाखा खोल्ने निर्णय गरिसकेको छ । ९ स्थानहरुमा यस्ता शाखाहरु खोलि सकेको छ । संखुवासभा जिल्लामा रहेको सिलिचुङ्ग शाखामात्र खोल्न बाँकी रहेको बैंकले जनाएको छ । सो शाखा पनि चाँडै खुल्ने अवस्थामा रहेको बैंकले जानकारी दिएको छ ।