२५ हजार अमेरिकी डलरसहित विमानस्थलबाट एक पक्राउ

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट २५ हजार अमेरिकी डलरसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका १७ ईमाडोलका ४२ वर्षिय तिमोथी नकर्मी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ एरियामा यात्रुबाट डलर संकलन गर्दै गरेका बेला उनलाई पक्राउ गरिएको बिमानस्थल प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका नकर्मीका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।