संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ ।
काठमाडौं । स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबारदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम १० देखि अधिकतम १ हजार ३४० कित्तासम्म आवेदन दिन पाइने सानिमाले जनाएको छ ।
निष्कासन मध्ये ०.५ प्रतिशत अर्थात ४ हजार ११८ कित्ता संंस्थाका कर्मचारी र ५ प्रतिशत अर्थात १३ हजार ४८२ कित्ता सामुहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । आईपीओ निष्कासनपछि संस्थाको चुत्तापुँजी बढेर ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्ने छ ।
आईपीओबाट संकलन हुने रकम मध्ये पशुपालन, कृषि, खुद्रा व्यापार, सेवा, साना तथा मझौला र घरेलु उद्योगमा लगानी गर्ने स्पर्शले जनाएको छ । पोखरामा केन्द्रीय कार्यलय रहेको लघुवित्तको १० जिल्लामा कार्यक्षेत्र रहेको छ ।
संस्थाले चालु आर्थिक वर्षमा ३८ लाख ९० हजार रुपैयाँ नाफा गर्ने प्रक्षेपण गरेको छ । आगामी वर्ष ६४ लाख र ३ वर्षमा नाफा बढेर ७० लाख रुपैयाँ पुग्ने स्पर्शले जनाएको छ । यस्तै खुदसम्पत्ति पनि बढेर यो वर्ष १०७, आगामी वर्ष ११४ र ३ वर्षमा ११८ रुपैयाँ पुग्ने अनुमान संस्थाको छ ।