काठमाडौं । अनलाईन प्रणालीले काम नगरेपछि सेयर कारोबार घटेको छ । आइतबार दिउँसो साढे १२ बजेपछि मात्र अनलाइन ट्रेडिङ भएको थियो ।
प्रणालीले काम नगर्दा आईतबार ९ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजार ०.९४ प्रतिशतको झिनो अंकले बढेको छ । आइतबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार १२० रुपैयाँमा १ करोड २३ लाख ६७ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता २३० रुपैयाँमा १ करोड १ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
बैंक, होटल, विकास बैंक र जीवन बिमा कम्पनीको सेयर बढेको छ भने जलविद्युत, वित्त, उत्पादनमुलक, निर्जीवन बिमाको घटेको छ ।