बैशाखभित्र नयाँ जहाज भित्र्याउँदै सौर्य एयरलाइन्स, विमानस्थललाई १ करोड शुल्क बुझायो

सौर्यसँग हाल सोही प्रकारका २ वटा जहाज छन् । ७८ सिट क्षमता भएको सो जहाज आएपछि सौर्यले नेपालगञ्ज र धनगढीमा नियमित उडान गर्ने तयारी गरेको छ । सौर्य बजार विस्तारमा आक्रामक हुने भएको छ ।

काठमाडौ । भारतीय लगानीकर्ता कुबेर ग्रुपले खरिद गरेको सौर्य एयरलाइन्सले आगामी बैशाखभित्र नयाँ जहाज भित्र्याउने भएको छ । एयरलाइन्सका बजार प्रमुख मुकेश खनालले अप्रिल १५ भित्र सीआरजे २०० सेरिज जहाज ल्याउने गरी प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए ।

सौर्यसँग हाल सोही प्रकारका २ वटा जहाज छन् । ७८ सिट क्षमता भएको सो जहाज आएपछि सौर्यले नेपालगञ्ज र धनगढीमा नियमित उडान गर्ने तयारी गरेको छ । सौर्य बजार विस्तारमा आक्रामक हुने भएको छ ।

यसैबीच एयरलाइन्सले विमानस्थल सेवा शुल्क बापत आइतबारसम्म १ करोड रुपैयाँ तिरिसकेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सेवा शुल्कबापत करिब ४ करोड रुपैयाँ नतिरेको भन्दै जहाज ग्राउन्डेड गरेको थियो ।

तेस्राे पटक बिक्री भएको सौर्यले गत मंगलबार पहिलो किस्ताबापतको ५० लाख रुपैयाँ तिरेर शुक्रबारबाट नियमित रुपमा उडान सुरु गरेको थियो । सौर्यले १ महिनाभित्र सबै बक्यौता रकम तिर्ने योजना अघि सारेको छ । हाल सौर्यले बिराटनगर, भैरहवा, भद्रपुर, नेपालगञ्ज तथा धनगढीका लागि उडान गर्दै आएको छ ।