सिद्धार्थको २१ लाख ६२ हजार ५५९ कित्ता र सानिमा डिवेञ्चरको १३ लाख ५४ हजार ७१२ कित्ता रहेको छ ।
काठमाडौं । दुई बैंककको ऋणपत्र कारोबारका लागि सूचीकृत भएका छन् । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सिद्धार्थ बैंकक र सानिमा बैंकको ऋणपत्र सोमबार सूचीकृत गरेको हो ।
सिद्धार्थको २१ लाख ६२ हजार ५५९ कित्ता र सानिमा डिवेञ्चरको १३ लाख ५४ हजार ७१२ कित्ता रहेको छ । सिद्धार्थले वार्षिक १०.५ र सानिमाले १० प्रतिशत ब्याज दिने छन् । सिद्धार्थको डिवेञ्चर २०८२ र सानिमाको २०८५ मा फिर्ता हुने छ ।