लगानीकर्ताको विश्वास बढ्दा सेयर बजारमा हरियाली, ४० करोडको कारोबार

सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाइफको सेयर प्रतिकित्ता १ हजार ११६ रुपैयाँमा २ करोड ८९ लाख ८६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । लाभांश घोषणापछि नेपाल लाइफको सेयर मूल्य वृद्धि हुँदै आएको छ ।

काठमाडौं । लगानीकर्ताको विश्वास बढ्दा सेयर बजार १४ अंकले उकालो लागेको छ । सोमबार नेप्से परिसुचक बढेर १ हजार १४२ अंकमा पुगेको छ । सोमबार सेयर बजारमा हरियाली छाउदा ४० करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । नेपाल लाइफको सेयर प्रतिकित्ता १ हजार ११६ रुपैयाँमा २ करोड ८९ लाख ८६ हजार रुपैयाँको सेयर किनबेच भएको छ । लाभांश घोषणापछि नेपाल लाइफको सेयर मूल्य वृद्धि हुँदै आएको छ ।

यस्तै एनआईसी एसिया बैंकको प्रतिकित्ता ४०० रुपैयाँमा २ करोड २१ लाख २१ हजार रुपैयाँको सेयर किनबेच भएको छ । सोमबार बजार बढ्दा बैंङ्किङ, वित्त, होटल, जलविद्युत, लघुवित्त र बीमा लगायत सबैको सेयर मूल्य उकालो लागेको छ । न्याग्दी गुप्र पावर लिमिटेड र कञ्चन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।