बैंकल्पिक लगानीलाई पुँजी बजारमा प्रवेश गराउन विशिष्टिकृत लगानी कोष नियमावली कार्यन्वयनमा, यस्तो छ नियमावलीमा व्यवस्था

बोर्डले यी कोष सञ्चालनका लागि न्युनतम १५ करोड रुपैयाँ चुत्तापुँजी, कोष व्यवस्थापकले न्युनतम २ प्रतिशत हिस्सा लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राइभेट इक्विटी फण्ड, भेञ्चर क्यापिटल र हेज फण्ड जस्ता बैंकल्पिक लगानीलाई पुँजी बजारमा प्रवेश गराउन विशिष्टिकृत लगानी कोष नियमावली कार्यन्वयनमा ल्याएको छ ।

बोर्डले यी कोष सञ्चालनका लागि न्युनतम १५ करोड रुपैयाँ चुत्तापुँजी, कोष व्यवस्थापकले न्युनतम २ प्रतिशत हिस्सा लिएको हुनुपर्ने व्यवस्था गरेको छ ।

नविनतम ज्ञान र सीप भएका, नयाँ वस्तु सेवा प्रविधि वा वौद्धिक सम्पत्तिसंग सम्बन्धित व्यवसाय वा नविनतम व्यवसाय सञ्चालन गर्नका लागि स्वदेशी तथा वैदेशिक लगानी आर्कर्षित गर्न नियमावली ल्याएको बोर्डले स्पष्टपारेको छ ।

नियावली हेर्न यहाँ क्लिक गर्नुहोस