आईपीओ बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी बढेर १ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । माउन्टेनले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । हालसम्म ९८ प्रतिशत काम सकिएको छ ।
काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन बन्द हुने भएको छ । आईपीओ निष्कासन मंगलबार वैंङ्किङ्ग समयपछि बन्द हुने भएको छ । कम्पनीले गत बिहीबारदेखि १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गरेको हो ।
आईपीओ निष्कासन बन्द छिटोमा फागुन २८ र ढिलोमा चैत २२ गतेसम्म तोकिएको थियो । आईपीओका लागि न्युनतम ५० देखि अधिकतम ८० हजार कित्तासम्म आवेदन दिन पाइने छ ।
आईपीओ बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी बढेर १ अर्ब २५ करोड रुपैयाँ पुग्ने छ । माउन्टेनले पाँचथरमा २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । हालसम्म ९८ प्रतिशत काम सकिएको छ ।
आयोजनाको अनुमानित लागत ४ अर्ब २८ करोड १७ लाख रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत पनि १९ करोड ८२ लाख २७ हजार रुपैयाँ रहेको छ । आयोजनाबाट सर्वसाधारणको लगानी फिर्ता ८ वर्ष २ महिना रहेको छ । आर्थिक वर्ष ०७७/०७८ सम्म कम्पनीको खुदसम्पत्ति ऋणात्मक भई ९७/९८ रुपैयाँ हुने छ । यस्तै प्रतिसेयर आम्दानी ३ रुपैयाँ ६३ पैसा मात्र हुने कम्पनीले जानकारी दिएको छ । इक्रा नेपाल लिमिटेडले आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ ।