माउन्टेन इनर्जीले ३९ करोडको आईपीओ निष्कासन गर्ने

कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । माउन्टेनले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३९ करोड ३६ लाख रुपैयाँ बराबरको ३९ लाख ३६ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो । माउन्टेनले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । माउन्टेन इनर्जीले रोवष्ट इनर्जी लिमिटेड र आधिशक्ति विद्युत विकास कम्पनी लिमिटेडलाई प्राप्ती गरेपछि आईपीओ निष्कासन गरेको हो ।

माउन्टेनले ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युुत आयोजना निर्माण गरिरहेको छ । नुवाकोटमा ५ मेगावाट क्षमताको तादीखोला आयोजना सञ्चालन गरिरहेको छ । १२ मेगावाटको मिस्त्रीखोला २ आयोजना रहेको निर्माणका क्रममा रहेका छन् । ३ वटा आयोजना गाभिएपछि माउन्टेनको जडित क्षमता ६० मेगावाट पुगेको छ ।