सिटिजन्स बैंकले १ अर्बको म्युचअल फण्ड ल्याउने

बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटल लिमिटेडमार्फत प्रतिइकाइ १० रुपैयाँका दरले १० करोड एकाइ म्युचअल फण्ड निष्कासन गर्न लागेको हो ।

काठमाडौं । सिटिजन्स बैंकले १ अर्ब रुपैयाँको सामुहिक लगानी कोष (म्युचअल फण्ड) ल्याउने भएको छ । बैंकको सहायक कम्पनी सीबीआईएल क्यापिटल लिमिटेडमार्फत प्रतिइकाइ १० रुपैयाँका दरले १० करोड एकाइ म्युचअल फण्ड निष्कासन गर्न लागेको हो । सिटिजन्सले १ वर्षअघि पनि १ अर्ब रुपैयाँ बरारबको म्युचअल फण्ड निष्कासन गरिसकेको छ ।

विभिन्न बैंकको ७ अर्ब ७५ करोड रुपैयाँ ७५ करोड एकाइ म्युचअल फण्ड पाइपलाइनमा रहेका छन् । सेयर बजारमा निरन्तर गिरावट आएपछि चालु आर्थिक वर्षयता नेपाल धितोपत्र बोर्डले कुनै पनि बैंकलाई म्युचअल फण्ड निष्कासन गर्न दिएको छ्रैन ।