नेप्सेमा ३१ करोडको सेयर कारोबार

बुधबार नेप्सेमा १ सय ५६ कम्पनीको ३ हजार ८ सय ९४ कारोबारबाट ३१ करोड १५ लाख रुपैयाँबराबरको ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम नेप्सेको औसत दैनिक कारोबारभन्दा धेरै कम हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३१ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । बुधबार नेप्सेको कारोबार रकमसँगै समग्र सूचक पनि २ अङ्कभन्दा धेरैले बढेको छ ।

नेप्से परिसूचकसँगै कारोबार रकममा समेत देखिएको अस्थिरताले सेयर लगानीकर्तामा अन्योल देखिएको छ । कारोबार रकममा पनि आशालाग्दो सुधार नहुँदा सेयर लगानीकर्ता बजारले आगामी दिन कस्तो गति पक्रन्छ भन्नेमा अन्योल देखिएका हुन् ।

यो साताको दोस्रो दिन सोमबार २ अङ्कभन्दा धेरै घटेको नेप्से सूचक मङ्गलबारको सार्वजनिक बिदापछि बुधबार भने सुधार देखियो । बुधबार कारोबार सुरु हुँदा १४०२.२३ अङ्कमा रहेको नेप्से २.२६ अङ्कले बढेर १४०४.४९ अङ्कमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले बढेको छ ।

बुधबार नेप्सेमा बैङ्क, विकास बैङ्क तथा लघुवित्त कम्पनीहरुको सेयर मूल्य बढेपछि समग्र बजार सूचक बढेको हो । नेप्सेका कारोबार भएका बैङ्किङ १.९७, विकास बैङ्क १०.१७, बिमा ३१.३४, होटल ३५.९२, वित्त ५.७२, लघुवित्त समूह ८.०४ र व्यापार समूह ४.२२ अङ्कले बढेका छन् । तर, जलविद्युत् ८.१, उत्पादनमूलक ३.४१ र अन्य समूह ५.५७ अङ्कले घटेका छन् ।

बुधबार नेप्सेमा १ सय ५६ कम्पनीको ३ हजार ८ सय ९४ कारोबारबाट ३१ करोड १५ लाख रुपैयाँबराबरको ७ लाख ४९ हजार ४ सय ८४ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम नेप्सेको औसत दैनिक कारोबारभन्दा धेरै कम हो ।