नागरिक लगानी कोषको २२ प्रतिशत बोनस सेयर प्रस्ताव

कोषको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २४ करोड २५ लाख रुपैयाँ बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।

काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । कोषको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २४ करोड २५ लाख रुपैयाँ बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।

वार्षिक साधारणसभाबाट पारितपछि बोनस सेयर वितरण हुने कोषले जनाएको छ ।