यसअघि बुद्धले बैशाख २ देखि कोलकाता उडान गर्ने तयारी गरेको थियो । बुद्धले एटीआर ७२–५०० जहाजबाट सातामा तीन उडान गर्ने जनाएको छ । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने छ ।
काठमाडौं । बुध्द एयरको कोलकाता उडान जेठ १३ देखि हुने भएको छ । भारतमा चैत्र १८ देखि जेठ ५ गतेसम्म लोकसभा निर्वाचन हुने भएकाले उडान तालिका फेरिएको बुद्ध एयरले जनाएको छ ।
यसअघि बुद्धले बैशाख २ देखि कोलकाता उडान गर्ने तयारी गरेको थियो । बुद्धले एटीआर ७२–५०० जहाजबाट सातामा तीन उडान गर्ने जनाएको छ । निर्वाचनले उडान मिति परिवर्तन भए पनि उडान समय तालिका भने परिवर्तन नभएको कम्पनीले जनाएको छ । उडान हरेक साताको सोमबार, बुधबार र शुक्रबार हुने छ ।
भारतीय यात्रुहरुका लागि बुध्द एयरको भगिनी संस्था बुध्द होलिडेजले विभिन्न धार्मिक तथा पर्यटकीय प्याकेज पनि सञ्चालन गर्नेछ । यसका लागि भारतमा डिजिटलका साथै अन्य माध्यमबाट पनि प्रचार प्रसार गरिरहेको छ । यसैगरी कम्पनीले नेपाली यात्रुका लागि पनि कोलकाता टुर प्याकेज, गङ्गासागर तथा जगन्नाथपुरी दर्शन प्याकेज ल्याएको छ ।
बुध्दले हालसम्म देश विदेशगरी करोडौं यात्रुलाई सेवा प्रदान गरिसकेको छ । बुध्द एयरसँग अहिले छ ओटा एटीआर ७२–५००, तीन ओटा एटीआर ४२–३२० र २ ओटा बीचक्राफ्ट जहाज छन् । थप एटीआर ७२ जहाज अर्को महिनादेखि सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।