लक्ष्मी ह्युन्डाईले गल्फ ओपन टुर्नामेन्ट आयोजना गर्ने, हाेल इन वन विजेतालाई अल न्यु ह्युन्डाई स्यान्ट्रो

ओपन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ३र४ ह्यान्डिक्यापमा खेलिने छ । टुर्नामेन्टमा नेपालका १३० गल्फर प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएका छन् ।

काठमाडौं । लक्ष्मी ह्युन्डाईले आउने शुक्रबार र शनिबार ह्युन्डाई ओपन गल्फ टुर्नामेन्टको आयोजना गर्दैछ । सो टुर्नामेन्ट गोकर्ण गल्फ रिसोर्टमा हुनेछ ।

उक्त ओपन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ३र४ ह्यान्डिक्यापमा खेलिने छ । टुर्नामेन्टमा नेपालका १३० गल्फर प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएका छन् ।

टुर्नामेन्टमा टाइटल विजेता र उत्कृष्ट तीनसहित अन्य विभिन्न प्रारुपमा विजेता चयन गरिनेछ ।

टुर्नामेन्टको होल इन वान विजेताका लागि नेपाली बजारमा आयोजकले भर्खरै ल्याएको उसको नयाँ गाडी मोडल द अल न्यु ह्युन्डाई स्यान्ट्रो प्रदान गर्ने घोषणा गरेको छ । साथै उसले विभिन्न प्रारुपका विजेताहरुका लागि पनि आकर्षक उपहार राखेको बताएको छ ।

ह्युन्डाईले विश्वभरि नै गल्फ टुर्नामेन्टको प्रायोजन गर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल नेपालका लागि ह्युन्डाई गाडीको एक मात्र आधिकारिक विक्रेता हो ।