लगानीकर्ता बोनसमा झुम्मिदा नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार

कोषले बुधबार गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि लगानीकर्ता लोभिएका हुन ।

काठमाडौं । सेयर बजार घटेका बेला लगानीकर्ता नागरिक लगानी कोषमा झुम्मिएका छन् । बुधबार कोषको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कोषले बुधबार गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेपछि लगानीकर्ता लोभिएका हुन ।

कोषको प्रतिकित्ता २ हजार ६२५ रुपैयाँमा १ करोड ९६ लाख १८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । कोषको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २४ करोड २५ लाख रुपैयाँ बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । वार्षिक साधारणसभाबाट पारितपछि बोनस सेयर वितरण हुने कोषले जनाएको छ ।