कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानी छ ।सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।
काठमाडौं । त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ३७ करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन गर्न कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।
बोर्डबाट स्वीकृत प्राप्त भएपछि आईपीओ निष्कासनको प्रक्रिया अघि बढ्ने छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड नियुत्त भएको छ । कम्पनीले ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त लगानी छ ।सरकारले ल्याएको जनताको जलविद्युत कार्यक्रम अन्तर्गत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न लागेको हो ।
इन्जिनियरिङ, खरिद तथा निर्माण (इपीसी) मोडेलमा आयोजना निर्माणका लागि चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इक्जिनियरिङसँग २०७४ माघ २९ मा ३ करोड १८ लाख ४७ हजार अमेरिकी डलर र १ अर्ब ९१ करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजनाको काम २०७७ फागनु २९ भित्र सक्ने लक्ष्य तय गरी काम भइरहेको उनले बताए ।
आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ ।
अनुमानित निर्माण लागत ७ अर्ब ४४ करोड र निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी अर्थात २ अर्ब ४७ करोड र ७० प्रतिशत ऋण ५ अर्ब ७६ करोड रुपैयाँ छ ।
आयोजनामा नबिल बैकको अगुवाईमा गठन भएको सह–वित्तीयकरण मार्फत ऋण लगानी भएको छ । प्रवद्र्धक कम्पनी र बैकहरुबीच २०७५ भदौ ४ गते ऋण सम्झौता भइसकेको छ ।विद्युत बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने छ ।