ओयो होटलले महिला पर्यटन उद्यमीलाई सघाउँदै

अधिकांश महिलाहरुको सहभागिता नदेखिएका छेत्रमा पनि उनीहरुको सफलताका कथा देखिन थालेका छन् । उनीहरुभित्र रहेको सूक्ष्म दृष्टि एवं दूरदर्शिता व्यापार व्यवसाय गर्नका लागि अत्यन्तै उपयुक्त हुने भएकाले पनि महिलाहरु विश्वमै उद्यमशीलतामा अगाडि आउँदै छन् ।

काठमाडौं । ओयोले नेपालका महिला पर्यटन उद्यमीहरुसँग साझेदारी बढाउँदै लगेको छ । नेपालमा तीव्ररुपले बढिरहेको ओयोको फ्रेन्चाइज होटलहरुको एक हिस्सा महिलाद्वारा सञ्चालित होटलले ओगटेका छन् ।

भावी दिनमा पनि थुप्रै महिलाद्वारा सञ्चालित होटलहरुको सफलताका कथा बुन्न ओयो लागिपरेको छ । विभिन्न नेतृत्वदायी भूमिका र व्यवसायमार्फत महिलाहरु रुढिवादी परम्परालाई त्यागेर अगुवाका रुपमा अगाडि बढिरहेका छन् । उनीहरुको व्यक्तिगत र व्यावसायिक यात्रा दुवै सान्दर्भिक छ । पहिला अधिकांश महिलाहरुको सहभागिता नदेखिएका छेत्रमा पनि उनीहरुको सफलताका कथा देखिन थालेका छन् । उनीहरुभित्र रहेको सूक्ष्म दृष्टि एवं दूरदर्शिता व्यापार व्यवसाय गर्नका लागि अत्यन्तै उपयुक्त हुने भएकाले पनि महिलाहरु विश्वमै उद्यमशीलतामा अगाडि आउँदै छन् ।

एउटा त्यस्तै प्रेरणादायी कथा सुशीला मोक्तानको छ, जो पोखरामा अवस्थित ओयो १३४ स्ल्पिवेयल होटलकी मालिक हुन् र गत एक वर्षदेखि ओयोसँग साझेदारी गरिरहेकी छन् । ओयोसँगको आफ्नो यात्राका बारेमा बोल्दै सुशीलाले भनिन्, ‘ओयोका होटल गुणस्तरीय बनाउने अवधारणाले हामीलाई निकै लाभ भएको छ । साथै ओयोले हाम्रा सम्पूर्ण कर्मचारीलाई प्रशिक्षण दिएर अतिथिहरुका लागि गुणस्तरीय आवास र सेवाको अनुभव प्रदान गर्न सक्षम बनाएको छ । म धेरै खुसी छु कि ओयोले मजस्ता महिलाहरुका लागि सफल व्यवसायी बन्ने सपना साकार पार्ने अवसर प्रदान गरिरहेको छ ।’

पोखराको ओयो २५३ होटल पिनाकलकी मालिक रमा जोशी हुन्, जो ओयोसँग नेपालमा प्रारम्भिक दिनदेखि साझेदारी गरिरहेकी छिन् । उनले भनिन्, ‘हामी ओयोसँग सुरुआती दिनदेखि सहकार्य गरिरहेका छौँ । ओयोले कसरी होटलका कर्मचारीलाई आफ्नो आतिथ्य क्षमता वृद्घि गर्न सकिन्छ भनेर प्रशिक्षण दिई सक्षम बनाएकोमा म ओयोको कदर गर्छु । ओयोको प्रविधि र आतिथ्य प्रशिक्षणसँगै हामीले ठूलो सङ्ख्यामा अतिथिहरु भित्र्याएका छौँ, जसमा अधिकांश युवा पनि पर्छन् । ओयोसँग साझेदारी गरेर हाम्रो व्यवसाय र ग्राहक वृद्घि भएका छन् ।’

अरम्भदेखि नै ओयोले साना तथा मझौला उद्यमीहरुलाई साझेदार फ्रेन्चाइजका रुपमा आफ्नै सञ्जालमा समावेश गर्दै, उनीहरुको आयआर्जनलाई बढाउन मद्दत गर्नुका साथै, ती होटेल र घरहरुबाट यात्रुलाई उत्कृष्ट गुणस्तरीय सेवा प्रदान गर्न सक्षम बनाइरहेको छ । ओयो होटल्स एन्ड होम्सका नेपालमा १५० भन्दा बढी होटल र २५०० कोठा छन् ।

ओयो दक्षिण एशियाकै सबैभन्दा ठूलो, चीनको उत्कृष्ट तीनमध्ये एक र विश्वकै सबैभन्दा तीव्र गतिमा फैलिरहेको फ्रेन्चाइज होटेल र घरहरु नेपालमा सञ्चालन हुन थालेको मे २०१७ देखि हो ।