‘विप्लव’ समूहले कैलालीमा जन्ती बस जलायो, बुटवल, रौतहट, दाङ, पोखरा र सिन्धुपाल्चोकमा बम भेटियो

संकास्पद बस्तु बम भएको हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ ।

काठमाडौं । ‘विप्लव’ समूहले बन्दको अवज्ञा गरेको भन्दै कैलालीमा जन्ती बोकेको बस जलाएका छन् । बन्दको बेवास्ता गरी बस चलाएको भन्दै विप्लव समूहका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा बिहीबार बिहान १ ख ४४१ नम्बरको जन्ती बस जलाएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन ।

त्यसैगरी बुटवल, रौतहट, दाङ, पोखरा र सिन्धुपाल्चोकका विभिन्न स्थानमा संकास्पद बस्तु फेला भटिएका छन् । संकास्पद बस्तु बम भएको हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको प्रहरीले जनाएको छ । विप्लव समूहको बन्दलाई लक्षित गरी प्रहरीले राजमार्गमा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनलाई स्कटीङ थालेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

बन्दले उपत्यकामा खासै प्रभाव नपरे पनि शैक्षिसंस्थाहरु भने बन्द भएका छन् । देशैभर सुरक्षा ब्यवस्था मजबुद पारिएको भन्दै प्रहरीले ढुक्कका साथ आफ्नो गन्तव्यमा लाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।