सुरक्षा निकायलाई सरकारको आन्तरिक सर्कुलर, ‘विप्लव समूहलाई हतियारसहित भेटिए गोली ठोक’

सुरक्षा निकायलाई आन्तरिक विज्ञप्ति मार्फत हातहतियारसहित विप्लव समूहका कार्यकर्ता भेटिएमा घुँडामुनीसम्म गोलि हान्ने अनुमति दिएको उच्च श्रोतले जनाएको छ ।

काठमाडौं । सरकारले सुरक्षा निकायलाई हतियार सहितको विप्लव समूह फेला परेको खण्डमा घुँडामुनीसम्म गोली हान्न अनुमति दिएको छ । देशभरका सुरक्षा निकायलाई आन्तरिक विज्ञप्ति मार्फत हातहतियारसहित विप्लव समूहका कार्यकर्ता भेटिएमा घुँडामुनीसम्म गोलि हान्ने अनुमति दिएको उच्च श्रोतले जनाएको छ । यद्यपी नेतृत्वमा रहेका तर हतियर नभएकाहरुलाई भने पक्रा गर्न भनिएको छ ।

श्रोतका अनुसार हरेक जिल्लाका दूर्गम क्षेत्रमा सरक्षा निगरानी बढाउन, विकासका पूर्वाधार, सञ्चार संरचनाहरुको सुरक्षाका लागि विशेष सतर्कता अपनाउन पनि सुरक्षा निकायलाई सरकारले निर्देर्शन दिएको छ । साथै सुरक्षा निकायलाई आफ्नो ज्यान, हतियार, कार्यलय र युनिटको सुरक्षा रणनीति मजबुत बनाउन पनि माथिल्लो निकायबाट निर्देशन आएको बताइएको छ ।