बोर्डले बिहीबार प्रेश विज्ञप्ति जारी गरी ५ लाख भन्दा बढी कारोबार गर्ने लगानीकर्ताको मात्र प्यान नम्बर हुनु पर्ने व्यवस्था गरेको हो । साना लगानीकर्ताले चाहेमा प्यान नम्बरको प्रयोग गर्न सक्ने सेबोनले स्पष्टपारेको छ ।
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दोस्रो बजारमा ५ लाख रुपैयाँ भन्दा कम सेयर कारोबार गर्नेलाई लगानीकर्ताले स्थायी लेखा नम्बर (प्यान) लिनु नपर्ने व्यवस्था गरेको छ ।
बोर्डले बिहीबार प्रेश विज्ञप्ति जारी गरी ५ लाख भन्दा बढी कारोबार गर्ने लगानीकर्ताको मात्र प्यान नम्बर हुनु पर्ने व्यवस्था गरेको हो । साना लगानीकर्ताले चाहेमा प्यान नम्बरको प्रयोग गर्न सक्ने सेबोनले स्पष्टपारेको छ ।
साना लगानीकर्ताले अब प्यान नम्बर लिनु नपर्ने भएको छ । लगानीकर्ताले दवाव दिएपछि बोर्ड प्यान नम्बर लागु गर्नबाट पछि हटेको हो । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सेयर कारोबार गर्नेले अनिवार्य रुपमा प्यान नम्बर लिनु पर्ने व्यवस्था अनुसार बोर्डले बैशाख १ गतेदेखि यसलाई कार्यन्वयनमा ल्याउन लागेको थियो ।
लगानीकर्ताको सुझाव र अर्थ मन्त्रालयले गरेको निर्णय अनुसार ५ लाख रुपैयाँ भन्दा कम कारोबार गर्नेलाई प्यान नम्बर लागु नगर्ने निर्णय गरेको बोर्डका प्रवत्ता निरज गिरीले बताए ।