पोखराका अधिकांश प्याराग्लाइडिङ कम्पनी बन्द हुने

कास्की । कास्कीको पोखरा महानगरपालिकामा दर्ता र नवीकरण नभएका प्याराग्लाइडिङ कम्पनी बन्द हुने भएको छ । पटक पटक समय दिँदा पनि दर्ता र नवीकरणका लागि नआएका कम्पनीहरुलाई महानगरपालिकाले बन्द गर्ने भएको हो । महानगरपालिकाका अुनसार मंगलबार सम्मको समय दिँदा कमै मात्रै कम्पनी दर्ता गर्न आएकाले पुनः बुधबारसम्मको समयसिमा थप गरेर दर्ता र नवीकरण गर्ने मौका उपलब्ध गराए पनि उनीहरुले अटेर गरेपछि...

कास्की । कास्कीको पोखरा महानगरपालिकामा दर्ता र नवीकरण नभएका प्याराग्लाइडिङ कम्पनी बन्द हुने भएको छ । पटक पटक समय दिँदा पनि दर्ता र नवीकरणका लागि नआएका कम्पनीहरुलाई महानगरपालिकाले बन्द गर्ने भएको हो ।

महानगरपालिकाका अुनसार मंगलबार सम्मको समय दिँदा कमै मात्रै कम्पनी दर्ता गर्न आएकाले पुनः बुधबारसम्मको समयसिमा थप गरेर दर्ता र नवीकरण गर्ने मौका उपलब्ध गराए पनि उनीहरुले अटेर गरेपछि अन्ततः कम्पनीहरुमाथि कारबाही हुने भएको छ ।

महानगरका अनुसार अघिल्लो पटक फागुन २२ गतेसम्म समय दिँदा दुई ओटा मात्रै कम्पनी नवीकरण हुन आएका थिए । तर व्यवसायीहरुकै आग्रहमा पुनः गत मंगलबारसम्मको लागि समय दिइएको तर, उक्त समयमा १० ओटा मात्रै प्याराग्लाइडिङ कम्पनी नवीकरण र दर्ता भएकाले बुधबार थप समय दिएको थियो । बुधबार सम्म भने २४ वटा प्याराग्लाइडिङ व्यवसाय दर्ता र नवीकरण भएका छन् ।

तोकिएको समयमा पनि व्यवसाय दर्ता र नवीकरण नगरेको प्याराग्लाइडिङ कम्पनीलाई भने अब उड्न रोक लगाउने गरी कारवाही प्रक्रिया अगाडि बढाउने तयारी भएको महानगरले जनाएको छ ।