नवलपरासीको कावासोतीमा सकेट बम विस्फोट (तस्बिरसहित)

बम बिस्फोट भए पनि मानवीय क्षेति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए ।

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा बम बिस्फोट भएको छ । पूर्व पश्चिम राजमार्ग अन्र्तरगत डिभिजन बन कार्यालय कावासोती अगाडि बिहान बरिब ११ बजेतिर सकेट बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

बम बिस्फोट भए पनि मानवीय क्षेति भने नभएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । घटनास्थल जिल्ला प्रहरी कार्यालय नवलपुरबा करिब एक सय मिटरको मात्रै दूरीमा रहेको छ । लामिछानेका अनुसार बिस्फोटपछि थप सुरक्षा सतर्कता अपनाइएको छ ।

बम बिस्फोट विप्लव समूहले गराएको हुन सक्ने नवलपुर प्रहरी अनुमान गरेको छ । बम बिस्फोटका बिषयमा अनुसन्धान भईरहेको नवलपुर प्रहरी प्रमुख एसपि रमेश थापाले बताए ।