सुबिहानीको जन्मदिनमा धुर्मुस–सुन्तलीद्वारा क्रिकेट रङ्गशाला निर्माण गर्न एक लाख सहयोग

चितवनको भरतपुरमा आफैले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

काठमाडौं । चर्चित हास्यकलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले छोरी सुबिहानीको जन्मदिनका अवसरमा क्रिकेट रङ्गशाला निर्माणका लागि १ लाख रुपैयाँ सहयोग गरेका छन् ।

चितवनको भरतपुरमा आफैले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरिएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाम्रा हरेक विशेष अवसरलाई यसरी नै समाज सेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ, आउनुहोस् यो महाअभियानमा मिलेर सहकार्य गरौं ।’