सेयर बजार ५ अंकले बढ्यो, नेसनल लाइफको प्रमोटर सेयर सबैभन्दा बढी कारोबार

सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर (प्रमोटर) सेयर किनबेच भएको छ । नेसनल लाइफको प्रतिकित्ता १ हजार ७० रुपैयाँमा २ करोड १० लाख रुपैयाँ बराबरको १ लाख ९६ हजार २६२ कित्ता संस्थापक सेयर किनबेच भएको हो ।

काठमाडौं । साताको अन्तिम दिन सेयर बजार ५ अंकले बढेको छ । बुधबार घटेको सेयर बजार बिहीबार सामान्य अंकले बढेर नेप्से परिसुचक १ हजार १५५ अंकमा पुगेको छ । बिहीबार ४८ करोड ५८ लाख रुपैयाँ बारबरको सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर (प्रमोटर) सेयर किनबेच भएको छ । नेसनल लाइफको प्रतिकित्ता १ हजार ७० रुपैयाँमा २ करोड १० लाख रुपैयाँ बराबरको १ लाख ९६ हजार २६२ कित्ता संस्थापक सेयर किनबेच भएको हो ।

यस्तै नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंङ्कको पनि प्रतिकित्ता २१४ रुपैयाँमा १ करोड ९४ लाख ६२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

बिहीबार उत्पादनमुलक बाहेक बैंङ्क तथा वित्त, जलविद्युत, बीमा, लघुवित्तलगायतको सेयर मूल्य बढेको छ । बिहीबार तिनाउँ विकास बैंङ्क र युनाइटेड फाइनान्स लिमिटेडका लगानीकर्ताले कमाएका छन् ।