आईपीओ निष्कासनको तयारीमा रहेको त्रिशुली जलविद्यत कम्पनीको क्रेडिट रेटिङ गर्नु नपर्ने

काठमाडौं । जनताको जलविद्युत आयोजनाको क्रेडिट रेटिङ नहुने भएको छ । नेपाल धितोपत्र बोर्डल सरकारले ल्याएको जनता जलविद्युत कार्यक्रममा परेका आयोजनाको रेटिङ नहुने जानकारी गराएको हो ।

जनताको जलविद्युतमा परेका कम्पनीले आईपीओ निष्कासन गर्नुपर्दा रेटिङ नगरे पनि हुने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

त्रिशुली जलविद्युत कम्पनी लिमिटेडले अब क्रेडिट रेटिङ गर्नुनपर्ने भएको छ । जलस्रोत, ऊर्जा तथा सिंचाइ मन्त्रालयले जनताको लगानी अन्र्तगत १९ आयोजना छनौट गरेको छ ।

यी मध्ये पहिलो चरणमा ३७ मेगावाटको माथिल्लो त्रिशुली ३ बी जलविद्युत आयोजनाले आईपीओ निष्कासन गर्न लागेको हो । त्रिशुलीले सर्वसाधारणलाई ३७ं करोड रुपैयाँ बराबरको ३७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।