क्रिकेट इतिहासः आजकै दिन फ्याँकिएको थियो टेस्ट क्रिकेटमा पहिलो बल

यसै प्रतिस्पर्धाबाट टेस्ट क्रिकेटको शुभारम्भ हुँदै थियो । १५ देखि १९ मार्चसम्म भएको यस प्रतिस्पर्धालाई क्रिकेटमा पहिलो टेस्ट म्याचको उपाधि प्राप्त छ । अस्ट्रेलियाले यो म्याच ४५ रनले जितेको थियो ।

एजेन्सी । १५ मार्च १८७७ मा अस्ट्रेलिया र इङ्ल्यान्ड आमुन्ने सामुन्ने थिए । ठाउँ थियो अस्ट्रेलियाको मेलबर्न । यसलाई क्रिकेट इतिहासको पहिलो आधिकारिक पाना भन्न सकिन्छ । यसै प्रतिस्पर्धाबाट टेस्ट क्रिकेटको शुभारम्भ हुँदै थियो । १५ देखि १९ मार्चसम्म भएको यस प्रतिस्पर्धालाई क्रिकेटमा पहिलो टेस्ट म्याचको उपाधि प्राप्त छ । अस्ट्रेलियाले यो म्याच ४५ रनले जितेको थियो ।

अस्ट्रेलियाको विजयमा चाल्र्स ब्यानरम्यान हीरो रहेका थिए । उनले पहिलो चरणको स्कोर २४५ मध्ये १६५ रन बनाएका थिए । यो स्कोर उनको फस्र्ट क्लास करियरको एक मात्र शतक थियो । उनी जोर्ज उलयटको बलमा रिटायर्ड हर्ट भएरर पेभिलियन फर्केका थिए । इङ्ग्ल्यान्डले आफ्नो पहिलो चरणमा केवल १९६ रन मात्र बनाउन सकेको थियो ।

तर, खेलले अझै अर्कै मोड लिनु थियो । अस्ट्रेलिया आफ्नो दोस्रो चरणमा केवल १०४ रनमा अल आउट भयो । अब इङ्ग्ल्यान्डलाई दोस्रो चरणमा १५३ रन चाहिएको थियो । इङग्ल्यान्डको स्कोर ६२/४ थियो तर टोम केनडिलको सात विकेटको योगदानले अस्ट्रेलियाले अतिथि टिमलाई १०८ रनमा अल आउट गर्यो ।

यस म्याचलाई सुरुमा अल इङग्ल्यान्ड विरुद्ध न्यु साउथ वेल्स तथा भिक्टोरिया एघार नाम दिइएको थियो । दुवै टिम आफ्नो पूर्ण ओजले खेलिरहेका थिएनन् । इङ्ग्ल्यान्डको टीममा ग्रेस थिएनन् । अरु त अरु कुनै विकेट किपर पनि थिएन, किनकि टेड पूलीलाई न्युजिल्यान्डमा जुवाको लफडामा गिरफ्तार गरिएको थियो ।

केन्टमा जन्मेका अस्ट्रेलियाका चाल्र्स बेनरम्यानले एलफर्ड शोले फालेको पहिलो बलको सामना गरेका थिए । उनले त्यसपछिको बलमा रन बनाएका थिए ।