साधारण सेयर (आईपीओ) र हकप्रद गरी ७५ लाख ६१ हजार ९६५ कित्ता सेयर सुचिकरण भएको नेप्सेले जनाएको छ ।
काठमाडौं । विभिन्न ४ कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा कारोबारका लागि सुचिकृत भएका छन् । साधारण सेयर (आईपीओ) र हकप्रद गरी ७५ लाख ६१ हजार ९६५ कित्ता सेयर सुचिकरण भएको नेप्सेले जनाएको छ ।
जसअनुसार एसबीएल डिवेञ्चर २०८२, २१ लाख ६२ हजार ५५९, सानिमा डिवेञ्चर २०८५, १३ लाख ५४ हजार ७१२, आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ २० लाख ७४ हजार र जेविल्स फाइनान्स लिमिटेडको १९ लाख ७० हजार ६५४ कित्ता हकप्रद सेयर रहेका छन् ।